Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल -याली

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल -याली


काठमाडौं । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले ‘इन्धन बचाऔँ पृथ्वी बचाऔँ’, ‘साइकल चलाऔँ इन्धन बचाऔँ’ जस्ता नाराका साथ साइकल -यालिको आयोजना गरी सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल -यालीमा सहभागीहरूलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरूको विषयमा सम्बोधन गरेपश्चात् साइकल -यालीको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, सहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबारमार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लि. वालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल -यालीमा बैंकका सस्थापक र सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरू, विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारीसाधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारीसाधनको प्रयोग, साइकलको प्रयोग तथा हिँडेर कार्यालय आवतजावत तथा कार पुलिङ गर्न उत्प्रेरित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल -यालीमार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) बचाउनका लागि विभिन्न विकल्पकहरूको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी बैंकले दिएको छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी वातावरणलाई सफा स्वच्छ राख्नको लागि विभिन्न किसिमका कार्यक्रम तथा शिविरमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ सेभ फ्युल च्यालेञ्ज भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरूलाई बैंकले निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x