Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्ततः १९ सय ३३ बिन्दुमा उक्लियो सेयरबजार

अन्ततः १९ सय ३३ बिन्दुमा उक्लियो सेयरबजार


काठमाडौं । सेयरबजार परिसुचक उकालो लागेको छ । चुनाव सम्पन्न भएपछि पनि लगातार घट्दै आएको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ११ दशमलव ५६ अंकले उकालो लागेर १९ सय ३३ दशमलव ५५ बिन्दुमा चढ्न सफल भएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य दुई अंकले उकालो लागेर तीन सय ८० दशमलव ९२ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट १८ हजार चार सय ९५ पटकको कारोबारमा २५ लाख ६९ हजार दुई सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ९२ करोड ५१ लाख ७४ हजार तीन सय ८० रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोबार भएका कुल उपसमुहहरु मध्ये निर्जिवन बीमा उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया