साउदी अरामकोको नाफा ३८ प्रतिशत घट्यो
रियाद । रूसले युक्रेनमाथि आक्रमण गरेपछि गतवर्षको सोही अवधिको तुलनामा तीव्र गिरावट आएपछि तेल कम्पनी साउदी अरामकोले सोमबार दोस्रो त्रैमासिकका लागि ३० दशमलव शून्य ८ अर्ब अमेरिकी डलर नाफा घोषणा गरेको छ । साउदी स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, ‘वार्षिकरूपमा ३८ प्रतिशतको गिरावटले मुख्यतया कच्चा तेलको मूल्यमा आएको कमी र कमजोर रिफाइनिङ र रसायन नाफाको अवस्थालाई प्रतिविम्बित गर्दछ ।’ यो गिरावट पहिलो त्रैमासिकमा १९ दशमलव २५ प्रतिशतले घटेको थियो ।
साउदी अरामकोका कार्यकारी प्रमुख अमिन नासेरले यो नतिजाले लचिलोपन र बजार चक्रमार्फत अनुकूलन गर्ने क्षमतालाई प्रतिविम्बित गरेको बताएका छन् । उनले विश्वसनीयताको उच्चस्तरको साथ विश्वभरका ग्राहकहरूको आवश्यकता पूरा गर्न क्षमता प्रदर्शन जारी राख्ने बताएका छन् । अप्रिलमा रियादले प्रतिदिन पाँच हजार ब्यारेल पेट्रोलियम पदार्थ निर्यातमा कटौतीको घोषणा गरेपछि विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ताको उत्पादनमा गिरावट आएको हो । अन्य तेल शक्तिहरूसँग एक समन्वित कदमको एक भागले मूल्य बढाउनको लागि १० लाख प्रतिदिन ब्यारेल आपूर्ति कटौती गर्न सहयोग गर्नेछ ।
जुनमा साउदी ऊर्जा मन्त्रालयले प्रतिदिन १० लाख ब्यारेल थप स्वैच्छिक कटौतीको घोषणा गरेको थियो जुन जुलाईमा लागू भएको थियो र सेप्टेम्बरसम्मका लागि विस्तार गरिएको छ । राज्यको दैनिक उत्पादन अहिले लगभग ९० लाख ब्यारेल छ । यो उत्पादन यसको दैनिक क्षमता एक लाख २० हजार ब्यारेलभन्दा धेरै कम छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया