अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ महँगिदै
साउदी । साउदी अरबले तेल उत्पादन कटौती गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्न थालेको छ । सोमबार अन्तर्राष्ट्रिय बेन्चमार्कमा ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिब्यारेल ८६ दशमलव ६७ डलरसम्म पुगेको छ । यो मूल्य चार महिनायताकै उच्च हो । यसअघि अप्रिल १७का दिन प्रतिब्यारेल ८६ दशमलव ५२ डलर पुगेको थियो ।
साउदी अरबले शुक्रबार थप एक महिना अर्थात् सेप्टेम्बर महिनाभर प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन घटाउने निर्णय गरेको थियो । रुसले पनि निर्यात कटौती गर्ने बताइरहेको छ । यस्तै, युक्रेनले रुसबाट तेल निर्यात हुने प्रमुख बन्दारगाहमा ड्रोन हमला गरेपछि तेलको भाउ अझै उकालो लाग्ने विश्लेषण विश्वबजारमा गरिएको छ ।
तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यले ‘ओपेक प्लस’ देशहरूले गरेको सावधानीको प्रयासलाई सुदृढ गर्न स्वैच्छिक कटौती गरिएको साउदी अरबले बताएको छ । ओपेक राष्ट्रहरुले कच्चा तेलको मूल्य नघटोस् भन्ने चाहन्छन् । साउदी अरबको तेल कटौती गर्ने कदमले केही समयको लागि मूल्यलाई समर्थन गरेको भए पनि स्थायी सुधार ल्याउन असफल भएको छ । युक्रेनमा रुसी आक्रमण र चीनको कमजोर आर्थिक पुनरुत्थानको निरन्तर परिणामलाई प्रतिविम्बित गर्दै तेल उत्पादकहरू घट्दो मूल्य र उच्च बजार अस्थिरतासँग जुधिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया