Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको संख्या उच्च

सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको संख्या उच्च


अमेरिका । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्यांकले अन्य कुनै पनि वर्षको तुलनामा गतवर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ ।

सन् २०२२ मा ४९ हजार चार सय ४९ जनाले ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुनेगरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको संख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । तथ्यांकले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या ११औँ प्रमुख कारणमा रहेको त्यस्तै २०२२ को अस्थायी तथ्यांकले पनि त्यसैलाई पुष्टि गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया