Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविदेशी लगानी अनुकुल बनाउन चीनद्वारा मार्गनिर्देश जारी

विदेशी लगानी अनुकुल बनाउन चीनद्वारा मार्गनिर्देश जारी


चीन । चीनले विदेशी लगानी आकर्षित गर्न मार्गनिर्देश जारी गरेको छ । चीनको राज्य परिषद्ले आइतबार देशको विदेशी लगानीको वातावरण अझ अनुकुल बनाउन र लगानी भित्र्याउन नयाँ मार्गनिर्देश जारी गरेको हो ।

राज्य परिषद्ले बौद्धिक सम्पत्ति अधिकार सहित विदेशी लगानीकर्ताहरूको अधिकार र हितको संरक्षण बढाउने र सीमापार डाटा प्रवाहको लागि सुविधाजनक र सुरक्षित व्यवस्थापन संयन्त्र अपनाउनु पर्ने उल्लेख गरेका छ ।

मार्गनिर्देशले विदेशी लगानीकर्ताहरुलाई चीनमा आफ्नो नाफाको पुनः लगानी गर्नका लागि अस्थायी रुपमा रोक लगाउने, आयकर छुट दिन सहित वित्तीय समर्थन र कर प्रोत्साहनहरु पनि घोषणा गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया