सुडानको डार्फरमा अर्धसैनिक आक्रमण
सुडान । सुडानी अर्धसैनिक बलले आइतबार गरेको आक्रमणमा सयौं सर्वसाधारण डार्फरको एक प्रमुख शहरबाट भाग्न बाध्य भएका छन् । अशान्त पश्चिमी क्षेत्रमा नियमित सेनाविरुद्ध लडाइँ चर्किरहेको छ । डार्फर र सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच करिब चार महिनादेखि जारी द्वन्द्वको मार खेप्नुपरेको छ ।
सुडानको दोस्रो ठूलो शहर तथा दक्षिण डार्फर राज्यको राजधानी न्यालाबाट सयौं मानिस विस्थापित भएको एक स्थानीयले एएफपीलाई बताए । आइतबार आरएसएफ अर्धसैनिक बलले न्यालामाथि दर्जनौं सैन्य गाडीले आक्रमण गरेको र सयौं बासिन्दाहरू भीषण तोपखानाबाट भागिरहेको उनले बताए ।
गत अप्रिल १५ मा खार्तूममा सेना प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका पूर्व डेपुटी कमाण्डर मोहम्मद हमदान डग्लोबीच युद्ध सुरु भएको थियो । सशस्त्र द्वन्द्व स्थान र घटना डाटा परियोजनाको एक अनुमानअनुसार देशभर कम्तीमा तीन हजार नौ सय व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार ४० लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया