रुसको केन्द्रीय बैंकले बढायो ब्याजदर
रुस । रूसको केन्द्रीय बैंकले मंगलबार आफ्नो प्रमुख ब्याजदर तीन सय ५० आधार विन्दुले बढाएर १२ प्रतिशत पु¥याएको छ । रुसी मुद्रा रुबल निरन्तर अवमूल्यन भएपछि त्यसलाई रोक्न रुसी केन्द्रीय बैंकले ब्याजदर बढाएको हो ।
रुसमा पश्चिमी प्रतिबन्धको प्रभाव र सैन्य खर्च बढ्दै गएपछि रुबल सोमबार डलरको तुलनामा एक सय थ्रेसहोल्ड पार गरेको थियो । ब्याजदर बढाउने निर्णयपछि रुबलको मूल्यमा ठूलो क्षति हुनबाट जोगिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका आर्थिक सल्लाहकार म्याक्सिम ओरेश्किनले सोमबार केन्द्रीय बैंकको नरम नीतिका कारण रुबल अवमूल्यन भएको भन्दै असन्तुष्टि जनाएको थिए ।
रुसमा उच्च उपभोक्ता ऋण, श्रम अभाव र व्यापक बजेट घाटाले यसवर्ष मुद्रास्फीति बढाएको छ । सल्लाहकार ओरेश्किनले केन्द्रीय बैंकले सबै खाले उपकरण प्रयोग गरी अहिलेको स्थितिलाई सामान्यकरण गर्न सक्ने बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ
- भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांग्रेसको दण्ड १ के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया