Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारईसीबीले ब्याजदरमा परिवर्तन नगर्ने

ईसीबीले ब्याजदरमा परिवर्तन नगर्ने


ब्रसेल्स, वैशाख २१
युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले बिहीबार यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ । ईसीबीले कोरोनाभाइरस संक्रमणको महामारीविरूद्ध जुध्न नयाँ उपायहरूको शृंखला प्रस्तुत गरिने बताएको छ । ईसीबीको प्रशासनिक परिषद्ले यूरोप क्षेत्रको आधार ब्याजदर शून्य प्रतिशत रहने बताएको छ भने सिमान्त कर्जा र निक्षेप दरलाई क्रमशः ०.२५ प्रतिशत र ०.५० प्रतिशत नै कायम रहनेछ ।

‘हामीले हाम्रा मुख्य ब्याज दरलाई ऐतिहासिक तल्लो तहमा राखेका छौँ अर्थात् कर्जा दर निम्न रहेको छ’, ईसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैंकले एक फरक विज्ञप्तिमा कोभिड–१९ सँग जुझ्ने उपायका लागि कार्यक्रम पनि घोषणा गरेको छ । यूरो क्षेत्रमा तरलतालाई सामना गर्न ईसीबीलक्षित दीर्घकालीन पुनर्वित्त कार्यक्रमको नयाँ शर्त र उपायहरू प्रस्ताव गरेको छ । उसले गैर–लक्षित महामारीको आपतकालिन र्दीर्घकालीन पुनर्वित्त कार्यक्रमहरू पनि छलफलका लागि पेश गरेको छ, जुन सन् २०२० को मे महिनामा सुरू भई सन् २०२१ को जुलाई–सेप्टेम्बरसम्मका लागि लागु हुनेछन् ।

हालै घोषणा भएका उपायहरूलाई यूरोपेली केन्द्रीय बैंकको कोरोनाभाइरसको प्रभाव विरूद्धको बृहत् कार्यक्रम भनिएको छ । यसका लागि सात खर्ब ५० अर्ब यूरो (करिब आठ खर्ब १६ अर्ब अमेरिकी डलर) बजेटको घोषणा गरिएको छ र उक्त बजेट खासगरी महामारीका समय भाइरस संक्रमणविरूद्ध लड्न चाहिने आपतकालीन खरिद् कार्यक्रममा खर्च गरिने गत बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x