बंगलादेशलाई विश्व बैंकले २० करोड डलर सहयोग गर्ने
अमेरिका । विश्व बैंकले बंगलादेशलाई स्वास्थ्य क्षेत्रमा काम गर्न २० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । बंगलादेशमा प्राथमिक स्वाास्थ्य सेवा सुधार, सामान्य रोगको उपचार तथा रोकथाम र चिकित्सा फोहोरमैला व्यवस्थापनका लागि सो रकम सहयोग स्वीकृत गरेको हो ।
विश्व बैंकले बुधबार प्रकाशित गरेको एक विज्ञप्तिअनुसार यो रकमबाट सहरी क्षेत्रका पाँच वर्षमुनिका २५ लाख बालबालिकाले सेवा पाउने विश्वास गरेको छ । रकम सहरी स्वास्थ्य, पोषण र जनसंख्या परियोजनामार्फत खर्च हुने छ । प्राथमिक स्वास्थ्य केन्द्रहरूको सञ्जाल स्थापना गर्न, पोषण र स्वास्थ्य सेवालगायतका कार्यक्रममा रकम प्रयोग हुने बताइएकोे छ ।
बंगलादेश र भुटानका लागि विश्व बैंकका देशीय निर्देशक अब्दुलाय सेकले बंगलादेशमा ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा सुधारमा प्रगति गरिसकेकाले सहरी क्षेत्रमा केन्द्रित सहयोग गरिएको बताए । उनले सहरी क्षेत्रका गरिब र सुकुमबासी बस्तीका बासिन्दाहरूलाई निजी स्वास्थ्य केन्द्रहरूमा महँगो सेवा लिनुपर्ने बाध्यता रहेको बताए । यस्तै उच्च जनघनत्व, जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण नयाँ स्वास्थ्य चुनौतीहरू देखा परिरहेको उनले बताए । यस परियोजनाले महिलाहरूको लागि प्रसवपूर्व सेवाहरूमा सुधार गर्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया