आर्थिक संकटबीच सिरियाली बालबालिका विद्यालय फर्किए
एजेन्सी । युद्ध, विनाशकारी भूकम्प र गहिरो आर्थिक संकटको सामना गर्दै सरकार नियन्त्रित क्षेत्रमा रहेका करिब ४० लाख सिरियाली विद्यार्थी आइतबार विद्यालय फर्केका छन् । तर, संयुक्त राष्ट्र संघका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको र ९० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको देशमा धेरै बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ ।
सिरियाको शिक्षा मन्त्रालयले शनिबार विद्यालयहरूलाई विद्यार्थीहरूको लागि आवश्यक लगानी कम गर्न ‘विद्यालय पोशाकका लागि कडा नियम लागू नगर्न आग्रह गरेको राज्य सञ्चालित समाचार संस्था, सानाले जनाएको छ । सानाले भनेको छ, ‘देशले सामना गरिरहेको कठिन आर्थिक अवस्थालाई ध्यानमा राख्दै र जनसंख्यामा वित्तीय बोझ कम गर्ने प्रयासको एक भागको रूपमा यी उपायहरू प्रस्तुत गरिएको छ ।’
करिब ३७ लाखभन्दा बढी विद्यार्थीका लागि १४ हजार पाँच सय पाँच विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र २०२३/२०२४ सुरू भएको छ । सिरियामा सन् २०११ पछि भएको रक्तपातपूर्ण द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशलाई आर्थिक संकटमा धकेलेको छ ।
युद्धले शैक्षिक पूर्वाधारको व्यापक विनाश गरेको छ जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ । धेरै विद्यालय भवनहरू भत्किएका छन् र कैयौँ आश्रयस्थलहरूमा परिणत भएका छन् । गत फेब्रुअरीमा गएको भूकम्पका कारण शिक्षा क्षेत्रमा अनुमानित दुई सय ७७ मिलियन डलरको क्षति पु-याएको छ । अहिले सिरियामा विद्यालय जाने उमेरसमूहका एक तिहाइ अर्थात् २४ लाख बालबालिका विद्यालय गएका छैनन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया