Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाले शांघाईमा प्रतिहप्ता ४ हजार ‘मोडल ३’ कार उत्पादन गर्ने

टेस्लाले शांघाईमा प्रतिहप्ता ४ हजार ‘मोडल ३’ कार उत्पादन गर्ने


शांघाई, वैशाख २२
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले चीनमा रहेको कारखानाबाट यो वर्षको मध्यतिरदेखि प्रतिहप्ता ४ हजारवटा मोडल ३ कारहरु उत्पादन गर्ने भएको छ । शांघाईस्थित विशाल कारखानाबाट उक्त परिमाणमा कार उत्पादन गर्ने टेस्लाले बिहीबार जनाएको हो । गत वर्ष अन्त्यसम्म टेस्लाले प्रतिदिन २ सय ८० वटा कार उत्पादन गरिरहेको थियो । शांघाईमा टेस्लाले स्ट्यान्डर्ड रेन्ज प्लस भर्सनका मोडल ३ कारमात्रै पहिलो त्रैमासिकमा उत्पादन गरिरहेको छ । दोस्रो त्रैमासिकमा पनि कम्पनीले मोडल ३ कारहरु उत्पादनलाई निरन्तरता दिने जनाएको छ । सोही फ्याक्ट्रीमा मोडल वाई एसयूभीहरु प्नि उत्पादन गरिरहेको टेस्लाको भनाइ छ । यो मोडलका कारहरु सन् २०२१ मा डेलिभर गर्ने कम्पनीको लक्ष्य छ । टेस्लाले मोडल ३ कारहरुको मूल्य समेत घटाएको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x