Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा श्रमिक विशेष रेलसेवाको निर्देशिका जारी

भारतमा श्रमिक विशेष रेलसेवाको निर्देशिका जारी


नयाँ दिल्ली, वैशाख २२
भारतीय रेलसेवाले लकडाउनका बेला पनि चल्ने गरी ‘श्रमिक विशेष रेलसेवा’ सञ्चालनमा ल्याउन विशेष निर्देशिका जारी गरेको छ । विशेष गरेर कामदारहरु आवतजावत गर्न पाउने र उनीहरुलाई सम्बन्धित ठाउँमा पु-याउने उद्देश्यले श्रमिक विशेष रेलसेवा सुरु गर्न लागिएको हो । यो विशेष रेलसेवाबाट कामदार, तीर्थयात्री, पर्यटक, विद्यार्थी र अन्यत्र जान नपाएर अलपत्र परेकाहरुलाई सेवा दिइने भएको छ । प्रदेश सरकारको प्रशासनको सिफारिसका आधारमा प्रदेशस्तरका रेलसेवा मात्रै सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् । तर उनीहरुका लागि निर्देशिका भने केन्द्रीय सरकारले नै जारी गरेको छ ।

केन्द्रीय रेल मन्त्रालयले केही शर्त र मापदण्डहरु समेत उल्लेख गरेर निदेर्शिका जारी गरेको समाचारमा जनाइएको छ । हरेक यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, बढीमा १२ घण्टाको मात्रै यात्रा गर्न पाइने, एक छाक खाना रेलसेवाले नै उपलब्ध गराउने निर्दे्शिकामा उल्लेख गरिएको छ ।

त्यसैगरी हरेक यात्रुलाई प्रदेश सरकारले नै जिम्मा लिनुपर्नेे, प्रदेशले नै उनीहरुलाई आवश्यकता र अवस्था अनुसार स्वास्थ्य परीक्षण गर्नु पर्ने, क्वारेन्टाइन र बाँकी यात्राको व्यवस्था गर्नुपर्नेेछ । रेल तथा रेल स्टेसनहरुमा सामाजिक दूरीलगायतका स्वास्थ्य सतर्कता पूर्ण रुपमा अपनाउनुपर्ने शर्त पनि राखिएको छ । भारतमा सरकारले मे ३ अर्थात् आइतबारदेखि सकिन लागेको लकडाउनको अवधि फेरि लम्ब्याएर यही मे १७ सम्म पु¥याएको छ ।

अहिले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरिएको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै लकडाउन घोषणा गर्ने ठूला देशहरुमध्ये भारत अग्रस्थानमा पर्दछ । भारतमा घोषणा गरिएको लकडाउनलाई सबैभन्दा ठूलो र सबैभन्दा लामो अवधिको लकडाउन भनिएको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x