Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकम्पनी घाटामा गएपछि वारेन बफेटले अमेरिकी एयरलाइन्सबाट सेयर बेचे

कम्पनी घाटामा गएपछि वारेन बफेटले अमेरिकी एयरलाइन्सबाट सेयर बेचे


अमेरिका, वैशाख २२
अमेरिकी अर्बपति वारेन बफेटले अमेरिकी एयरलाइन्समा रहेका सबै सेयर बिक्री गरेका छन् । उनको कम्पनी ब्रेकशायर हाथावेले चारवटा ठूला अमेरिकी वायुसेवा कम्पनीमा रहेको सबै सेयर बिक्री गरेको जानकारी दिएको छ । सेयरसदस्यहरुसँगको भर्चुअल वार्षिक सम्मेलनमा बोल्दै बफेटले कोरोनाभाइरसले विश्व नै परिवर्तन हुने भन्दै उक्त जानकारी दिएको बीबीसीले जनाएको छ ।

उनले वायुसेवा क्षेत्रमा लगानी गर्नु आफ्नो गल्ती भएको समेत बताएका थिए । ब्रेकशायरले चालू वर्षको पहिलो तीन महिनामा ५० अर्ब डलर घाटा व्यहोर्नुपरेको जनाएको छ । बफेटको डेल्टा एयरलाइन्समा ११ प्रतिशत, अमेरिकन एयरलाइन्समा १० प्रतिशत, साउथवेस्ट एयरलाइन्समा १० प्रतिशत र युनाइटेड एयरलाइन्समा ९ प्रतिशत सेयर रहेको थियो । सन् २०१६ देखि वायुसेवा कम्पनीमा उनले लगानी सुरु गरेका थिए ।

भर्चुअल बैठकमा उनले पैसा फाल्नकै लागि वायुसेवा क्षेत्रमा लगानी नगरिने बताएका थिए । कोरोनाभाइरसका कारण अमेरिकी वायुसेवा क्षेत्र नै चौपट भएको छ । डेल्टा एयरलाइन्सले सेयर बिक्रीबारे जानकार रहेको प्रतिक्रिया दिएको छ । बफेट ८८ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x