Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोजगारी कटौती हुनसक्ने कतार एयरवेजको चेतावनी

रोजगारी कटौती हुनसक्ने कतार एयरवेजको चेतावनी


दोहा, वैशाख २५
कतार एयरवेजले रोजगारी कटौती हुनसक्ने बताएको छ । विश्व महामारी कोरोनाभाइरस संक्रमणका कारण कम्पनीले रोजगारी कटौतीको विकल्प नरहेको जनाएको हो । बीबीसीका अनुसार कम्पनीका कार्यकारी प्रमुख अकबर अल बेकरले कर्मचारीलाई पत्र लेख्दै उक्त जानकारी दिएका हुन् । कम्पनीको व्यवसाय जोगाउन कर्मचारी घटाउनुपर्ने उनले बताएका छन् । महामारीका कारण हवाइ कम्पनीहरु दबाबमा परिरहेका छन् । धेरैजसो कम्पनीले त रोजगारी कटौतीको घोषणा नै गरिसकेका छन् । सरकारी स्वामित्ववाला कम्पनीले हाल ४५ हजार मानिसलाई रोजगारी दिएको छ । कम्पनीले २ सय ४० भन्दा बढी विमानबाट उडान भरिरहेको छ । गत फेब्रुअरीमा कतार एयरवेजले ब्रिटिश एयरवेजमा सेयर बढाएर २५ प्रतिशत पु-याएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x