बर्लिन, वैशाख २५
कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सामान्य तुल्याउन जर्मनीमा यो महिनाभर विभिन्न कार्यहरु अघि बढाइने भएको छ । केही हप्तासम्म लकडाउन भएसँगै देशभरका व्यवसाय र विद्यालयहरु बन्द रहेका छन् । सरकारले यसै महिनाभित्र पसल र विद्यालय खोल्ने कार्ययोजना तयार पारेको छ ।
गत अप्रिल २० बाट गरिएको आंशिक लकडाउन निकै प्रभावकारी भएको र नयाँ संक्रमणका घटनाहरु निरन्तर घट्दै गएको भन्दै सरकारले तयार पारेको एक प्रतिवेदनमा अब देशका व्यवसाय र विद्यालयहरु खोल्ने रणनीति बनाइने उल्लेख छ । परीक्षाको तयारीमा रहेका बालबालिकाका लागि विद्यालयहरु हाल संचालनमा आइसकेका छन् । तर शिशु कक्षा र प्राथमिक विद्यालयहरु अर्को हप्ताबाट खुल्नेछन् ।
जर्मन चान्सलर एन्जेला मर्केल र जर्मनीका १६ वटा संघीय राज्यका प्रमुखहरुले बुधबार विद्यालय र व्यवसाय खोल्ने सम्बन्धी एक दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ । विश्वविद्यालयहरु खोल्ने विषयमा भने सम्बन्धित राज्यले निर्णय गर्नेछन् । सबैजसो राजनीतिज्ञहरुले सबैजसो पसल व्यवसाय खोल्न सकिने तर सरसफाइ, प्रवेश र सामाजिक दूरीजस्ता विषयलाई प्रमुख रुपमा ध्यान दिन आग्रह गरेका छन् ।
हालसम्म पसलको जमिनको सतह ८०० वर्गमिटर (८ हजार ६ सय वर्गफिट)सम्म रहेका पसलहरु मात्र खोल्न अनुमति दिइएको छ । रेष्टुराँहरु आगामी मे ९ बाट खोल्न सकिने तर त्यसको निर्णय गर्ने अधिकार राज्यहरुलाई दिइएको छ । यदि सात दिनभित्र प्रति एक लाख जनसंख्यामा ५० जनाभन्दा बढी नयाँ संक्रमित व्यक्ति भेटिए सम्बन्धित नगर वा जिल्लामा लकडाउन गरिनेछ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया