Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइराकका पूर्वगुप्तचर प्रमुख प्रधानमन्त्रीमा निर्वाचित

इराकका पूर्वगुप्तचर प्रमुख प्रधानमन्त्रीमा निर्वाचित


बग्दाद, वैशाख २६
इराकका पूर्वगुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्वन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उनी क्षमतावान व्यक्ति भएको जनाएको छ । तत्कालीन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए ।

प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए । उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृृद्धि र उत्थानका लागि संसदले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सवैभन्दा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको लडाइँ हुने पनि उल्लेख गरेका छन् । इराकमा कोरोनाभाइरस संक्रमितको संख्या दुई हजार ४ सय ८० पुगेको छ भने १ सय २ व्यक्तिको विश्वव्यापी प्रकोपका रूपमा फैलिएको यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x