Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउडुसका कारण फ्रान्समा सात विद्यालय बन्द

उडुसका कारण फ्रान्समा सात विद्यालय बन्द


फ्रन्स । उडुस प्रकोपलाई लिएर फ्रान्सले सात विद्यालय बन्द गरेको छ । फ्रान्सका शिक्षामन्त्री गेब्रियल एटले शुक्रबार उडुस प्रकोपका कारण सात विद्यालय बन्द गरिएको घोषणा गरेका थिए । फ्रान्स ५ टेलिभिजनलाई दिएको अन्तरवार्तामा शिक्षा मन्त्री एटले १७ विद्यालयमा उडुस भेटिएको र सातवटाको पठनपाठन बन्द गर्नुपरेको बताए ।

फ्रान्सेली सरकारले रग्बी विश्वकप आयोजना गर्ने र २०२३ पेरिस ओलम्पिकको तयारी गरिरहेको बेला उडुस संक्रमणको बढ्दो रिपोर्टलाई सम्बोधन गर्न विभिन्न बैठकहरुको श्रृंखला नै आयोजना गरेको थियो । शिक्षा मन्त्रालयले यसअघि एक हजार पाँच सय विद्यार्थी रहेका पाँच विद्यालय बन्द गरेको जानकारी दिएको थियो । गतसाता फेरि थप दुई विद्यालय बन्द गरिएको हो ।

फ्रान्समा यो अनुमान गरिएको छ कि केही वर्षयता १० घरहरुमध्ये एकले उडुस समस्याहरुको सामना गर्नुपरेको छ । केही व्यक्तिहरुले पेरिस मेट्रो, उच्चगतिका ट्रेनहरु र पेरिसको चाल्र्स डे गौेले एयरपोर्टमा उडुस देखापरेको बताएका छन् । तर, ती तथ्यहरु पुष्टि भएको भने छैन ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया