Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगाजामा इजरेली हवाई आक्रमण जारी, सयौँको मृत्यु

गाजामा इजरेली हवाई आक्रमण जारी, सयौँको मृत्यु


काठमाडौं । हमासले गरेको अप्रत्याशित आक्रमणको जबाफमा इजरायलले गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ । गत शनिवार प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा भीषण आक्रमण गर्दा ज्याने जानेहरूको संख्या १२ सय पुगेको छ ।

उक्त आक्रमणलाई इजरेलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ । मृत्यु हुनेमा नेपालीसहित विदेशी नागरिकहरू पनि छन् । इजरायलले गरेको हवाई आक्रमणका कारण गाजामा ज्यान गुमाउने मानिसको संख्या नौ सय नाघेको छ । त्यस क्रममा हमासका दुई वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ ।

इजरायलले हवाई आक्रमण गर्न थालेपछि गाजाबाट दुई लाख ६० हजार जनाभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । इजरायलको आक्रमणका कारण गाजा सहरमा ठूलो विध्वंस भएको छ । — बीबीसी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया