भिभोले सार्वजनिक ग-यो ‘सिक्स जी’ अनुसन्धानको उपलब्धि
चीन । भिभो कम्युनिकेसन्स रिसर्च इन्स्टिच्युटले ‘सिक्स जी’ सम्बन्धमा आफ्नो अनुसन्धानका उपलब्धिहरु सार्वजनिक गरेको छ । कम्पनीले तीनवटा स्वेतपत्र ‘एआई र कम्युनिकेसनको कन्भर्जेन्स’, ‘टेक्नोलोजी अफ इन्टिग्रेटेड सेन्सिङ एन्ड कम्युनिकेसन’, र ‘सिक्स जी नेटवर्क आर्किटेक्चर’ जारी गरेको छ ।
यस कार्यक्रमले सिक्स जीले उपभोेक्ताको अनुभव र जीवनशैलीलाई कसरी आकार दिन सक्छ भन्ने कुराको झलक प्रदान गर्दै अर्को पुस्ताको मोबाइल सञ्चार मानकको कुञ्जीका रुपमा पहिचान गरिएका प्रविधिहरु प्रयोग गरेर भिभोद्वारा निर्मित प्रोटोटाइपहरुको डेब्यु चिह्न पनि लगाएको छ ।
भिभो कम्युनिकेसन्स रिसर्च इन्स्टिच्युटले सन् २०२० देखि ‘सिक्स जी’मा व्यापक अनुसन्धान गरिरहेको छ । इन्स्टिच्युटका अध्यक्ष किन फेईले प्रविधिले उपभोक्ताहरुलाई सेवा दिनुपर्छ र उनीहरुको जीवनलाई अर्थपूर्ण तरिकामा समृद्ध बनाउनु पर्छ भन्नेमा काम गरिरहेको बताए । उनले यो विचारलाई प्रतिबिम्बित गर्दै, अहिले सार्वजनिक भएका स्वेतपत्रहरुको श्रृङ्खलाले अवधारण र मुख्य प्रविधिहरुको खोज गर्ने विश्वास व्यक्त गरे । जसले एआई र सेन्सिङ टेक्नोलोजीहरुसहित सिक्स जी प्रयोगकर्ता अनुभवलाई आकार दिन मद्दत गर्नेछ । साथै नेटवर्क संरचना जसले मोबाइल सञ्चार र कम्प्युटिङको अभिसरणलाई मूलरुपमा समर्थन गर्दछ । जसले ‘सिक्स जी’लाई सम्भव बनाउनेछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया