चीनले सेयरबजार उकास्न खर्बौंको कोष खडा गर्दै
चीन । चीनले पुँजीबजारमा विश्वास बढाउन स्थिरीकरण कोष खडा गर्ने तयारी गरेको छ । चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी)लगायतका वित्तीय नियामकहरुले यससम्बन्धी प्रारम्भिक योजना देशको शीर्ष नेतृत्वलाई पेस गर्ने बताइएको छ ।
योजनामा खर्बौँ युआनको स्थिरीकरण कोष खडा गरिने बताइएको छ । ब्लुम्बर्गका अनुसार योजना कार्यान्वयन विवरणहरु टुंगो लागि नसकेको र प्रस्ताव खारेज हुने सम्भावना पनि रहेको उल्लेख गरेको छ ।
चीनको सेयर बजार लामो समयदेखि घट्दो क्रममा रहेपछि लगानीकर्तामा चिन्ता बढाएको छ । ‘सीएसआई ३००’ सूचक सन् २०२१ मा बनाएको अल टाइम हाई विन्दुबाट ४० प्रतिशतभन्दा धेरैले घटिसकेको छ । घट्दो सेयर बजारलाई उकास्न चीनले विभिन्न रणनीति कार्यान्वयन गरेपछि सफल हुन सकेन ।
सेयरबजार उकास्न राज्य नियन्त्रित चारवटा ठूला चिनियाँ बैंकहरुले सांघाईमा कारोबार भइरहेका सेयर खरिद गरेको र आगामी छ महिनासम्म होल्ड गर्ने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया