चीनको अर्थतन्त्रमा सुधार
बेइजिङ । चीनको अर्थतन्त्र अपेक्षा गरिएभन्दा छिटो बढिरहेको बताइएको छ । चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२३ को पहिलो तीन त्रैमासिकमा वार्षिकरुपमा पाँच दशमलव दुई प्रतिशतले विस्तार भएको छ । गत बुधबार सार्वजनिक भएको यो तथ्यांक अपेक्षा गरिएभन्दा राम्रो भएको चिनियाँ अधिकारीहरुको दाबी छ ।
पहिलो तीन त्रैमासिकको वृद्धिले चीनको करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न बलियो आधार तयार भएको बताइएको छ । राष्ट्रिय तथ्यांक विभागका उपप्रमुख शेङ लाययुनले तेस्रो त्रैमासिक जीडीपी चार दशमलव नौ प्रतिशतले विस्तार भएको बताएका छन् । विश्लेसकहरुले भने चार दशमलव चार प्रतिशतको मात्रै वृद्धि अपेक्षा गरेका थिए ।
जेएलएल ग्रटर चाइनाका प्रमुख अर्थशास्त्री ब्रुस प्याङले यो रिकभरीले चिनियाँ अर्थतन्त्रलाई थप सुरक्षित चरणमा पु-याएको बताए । उनले औद्योगिक उत्पादन अपेक्षा गरिएभन्दा धेरै बढेको बताए ।
जनवरीदेखि सेप्टेम्बरसम्म स्थिर–सम्पत्तिमा लगानी वार्षिक तीन दशमलव एक प्रतिशतले बढेको छ । औद्योगिक उत्पादनको मूल्यवृद्धि चार प्रतिशत र उपभोग्य वस्तुको खुद्रा बिक्री छ दशमलव आठ प्रतिशतले बढेको छ । यस्तै सेप्टेम्बरमा सहरी बेरोजगारी दर शून्य दशमलव दुई प्रतिशत विन्दुले घटेर पाँच प्रतिशतमा झरेको छ । एजेन्सी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया