हजारौं अफगानी पाकिस्तानबाट भागे
पाकिस्तान । १७ लाख अफगानीहरूका लागि स्वेच्छाले पाकिस्तान छोड्न वा गिरफ्तारीबाट निर्वासनको सामना गर्ने समयसीमाको अन्तिम दिन मंगलबार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् ।
सरकारले बुधबारदेखि कागजातविहीन अफगानीहरूलाई गिरफ्तार गरिने र होल्डिङ सेन्टरमा राख्न सुरु गरिने बताएको थियो । उनीहरूलाई त्यहाँबाट जबरजस्ती अफगानिस्तान फिर्ता पठाइने पनि सरकारले बताएको थियो ।
काबुलको तालिबान सरकारले पाकिस्तान सरकारको उक्त नीतिलाई ‘उत्पीडन’ भनेको छ । ‘हजारौँ अफगान शरणार्थीहरू सवारीसाधन, लरी र ट्रकहरूमा आफ्नो पालो पर्खिरहेका छन् र यो संख्या बढिरहेको छ’, तोर्खम सीमामा सरकारका वरिष्ठ अधिकारी इर्साद मोहम्मदले भने, ‘बिहानैदेखि १० हजारभन्दा बढी शरणार्थीहरू जम्मा भएका छन् ।’
सरकारले पाकिस्तानमा अवैधरूपमा रहेका १७ लाख अफगानीहरूलाई छोड्न एक महिनाको समयसीमा दिने घोषणा गरेपछि अक्टोबरको सुरुदेखि एक लाखभन्दा बढी अफगानी आप्रवासी पाकिस्तानबाट भागेका छन् ।
‘पाकिस्तानी अधिकारीहरूबाट हुने कुनै पनि अपमानबाट बच्न मैले त्यहाँबाट जाने निर्णय गरेको छु’, पेसावरको एउटा सहायता शिविरमा शरणार्थी आमाबुबाबाट जन्मिएका जुल्फिकार खानले एएफपीलाई भने ।
उत्तरी तोर्खम सीमाबाट ८० प्रतिशतभन्दा बढी मानिस खैबर पख्तुनख्वा प्रान्तमा गएका छन् । उक्त प्रान्तमा अधिकांश अफगान आप्रवासी बसोबास गर्छन् । स्वेच्छाले गएकाले अहिलेसम्म उनीहरूलाई पक्राउ नगरिएको सो प्रान्तका प्रहरीले बताएको छ । तर कराँची र इस्लामाबादमा अफगान शरणार्थीहरूले पक्राउ, उत्पीडन र जबरजस्ती गरेको बताएका छन् । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया