Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमोदीले घोषणा गरे २० लाख करोड भारुको प्याकेज

मोदीले घोषणा गरे २० लाख करोड भारुको प्याकेज


नयाँ दिल्ली, वैशाख ३१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटकै बीच राष्ट्रका नाममा सम्बोधन गर्दै २० लाख करोड भारुको प्याकेज घोषणा गरेका छन् । मोदीले आत्मनिर्भर भारत अभियानको घोषणा गर्दै उक्त प्याकेजको घोषणा गरेको नवभारत टाइम्सले जनाएको छ । यससम्बन्धी विस्तृत विवरण भने बुधबार वित्तमन्त्री निर्मला सीतारमणले जानकारी दिने उनले बताएका छन् । उक्त प्याकेज कुल जीडीपीको करिब १० प्रतिशत रहेको बताइएको छ ।

मोदीले भने, ‘विभिन्न वर्ग, आर्थिक व्यवस्थालाई अभियानमार्फत २० लाख करोड भारुको सहयोग मिल्नेछ ।’ उनले यो प्याकेजले २०२० मा देशको विकास यात्रा र आत्मनिर्भर भारत अभियानलाई एक नयाँ गति दिने विश्वास व्यक्त गरेका छन् । पछिल्लो दुई महिनामा प्रधानमन्त्री मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो । भारतमा मे १७ सम्म अहिले पनि लकडाउन चलिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x