Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि

भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि


नयाँदिल्ली, जेठ १९
भारतमा कोरोनाभाइरसका कारण संक्रमित हुनेहरुको दैनिक संख्यामा वृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा संक्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३ सय ८० जना नयाँ संक्रमित देखिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या एक लाख ८२ हजार १ सय ४३ पुगेको अधिकारीहरुले जनाएका छन् । अघिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमित हुनेहरुको संख्या यो भन्दा थोरै रहेको थियो ।

त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या पाँच हजार १ सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा देशभरी ८९ हजार ९ सय ९५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै संख्या अर्थात् ८६ हजार ९ सय ८३ जना संक्रमण मुक्त भएका छन् ।

‘तथ्यांकलाई विश्लेषण गर्दा कुल संक्रमित मध्ये ४७.७५ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्’, एक जना सरकारी उच्च अधिकारीले भने । कुल संक्रमितहरुको संख्यामा विदेशीहरुको संख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौं नेपालीहरु पनि कोरोनाभाइरसबाट संक्रमित भएका छन् । शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप १ सय ९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार मध्यप्रदेश र राजस्थानमा नौ, नौ जना, पश्चिम बंगालमा सात जना, तमिलनाडु र तेलङ्गानामा छ, छ जना, बिहारमा पाँच जना, उत्तर प्रदेशमा तीन जना, पञ्जाबमा दुई जना, हरियाणा र केरलामा एक एक जनाको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । (रासस/पीटीआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x