Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटिकटकमाथि छानविन गर्दै युरोपियन युनियन

टिकटकमाथि छानविन गर्दै युरोपियन युनियन


ब्रसेल्स । युरोपियन युनियन (इयू)ले टिकटकमाथि छानविन गर्ने भएको छ । इयूका एक अधिकारीले सोमबार टिककटकले बालबालिकाको सुरक्षा र पारदर्शी विज्ञापन सुनिश्चित गर्ने उद्देश्यले अनलाइन समाग्री नियमहरु उल्लंघन गरेको छ कि छैन भनेर छानविन गर्ने बताएका छन् ।

इयू उद्योग प्रमुख थियरी ब्रेटनले छोटो भिडियो एपको जोखिम मूल्यांकन प्रतिवेदन र विभिन्न प्रश्नको जवाफको विश्लेषण गरेर यो निर्णय गरिएको बताएका छन् । ब्रेटनले सामाजिक सञ्जाल एक्समा भनेका छन पारदर्शिताको संदिग्ध उल्लंघन र बालबालिकाहरुलाई जोगाउन विभिन्न प्रमाण र गोपनीयताका विषयमा अनुसन्धान सुरु गरिने छ ।

युरोपेली संघको डिजिटल सेवा ऐेन (डीएसए), फेब्रअरी १७ देखि सबै अनलाइन प्लेटफर्महरुमा लागू भएको छ । विशेषगरी धेरै ठूला अनलाइन प्लेटफर्महरु र खोज इन्जिनहरुलाई अवैध अनलाइन सामग्री र सार्वजनिक सुरक्षामा हुने जोखिमहरुलाई सम्बोधन गर्र्न थप कार्य गर्न आवश्यक रहेको इयूले बताएको छ ।

टिकटकका मालिक, चीनमा आधारित बाइटडान्स, टिकटकले डीएसए नियमहरु उल्लंघन गरेकोमा दोषी पाइएमा यसको विश्वव्यापी कारोबारको छ प्रतिशतसम्म जरिवाना लाग्न सक्छ ।

टिकटकले आफ्नो प्लेटफर्ममा युवालाई सुरक्षित राख्न विशेषज्ञहरु र उद्योगसँग काम गििररहने र युरोपेली आयोगलाई विस्तृत व्याख्या गर्न तयार रहेको बताएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया