Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरूलगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैङ्गिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ ।

राष्ट्र संघले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिहरूमार्फत अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित पनि गरेको छ ।

महासभाले खाद्य र कृषि संगठन समेत रोममा रहेका अन्य संयुक्त राष्ट्र संघीय निकायहरुसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रुपमा मनाउन निर्देशन दिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया