Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या सात लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या सात लाख नाघ्यो


काठमाडौं, साउन २२
विश्वमा कोरोना भाइरस संक्रमणको कारण सात लाख ४ हजार ४ सय ३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरिमा एक करोड ८७ लाख ९ हजार १ सय ६१ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २ सय २४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४ सय ९९ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार ३ सय ३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४ सय २० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २ सय ९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८ सय ४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ५० हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४ सय ९९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख २५ हजार ४ सय ५० जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ४३ हजार ५ सय ३२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख चार हजार ४ सय ७२ को मृत्यु भएको छ । एसिया ४६ लाख ८ हजार ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख २ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ । अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x