Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण एसियाका बाढीपीडितलाई ईयूको साढे १६ लाख युरो, नेपालले पनि पाउने

दक्षिण एसियाका बाढीपीडितलाई ईयूको साढे १६ लाख युरो, नेपालले पनि पाउने


ब्रसेल्स, साउन २८
यूरोपियन युनियन (ईयू)ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पु-याउनका लागि १६ लाख ५० हजार यूरो प्रदान गर्ने बताएको छ । मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बंगलादेश र भारतमा प्रयोग हुने ईयूले जनाएको छ ।

ईयूले मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने चक्रवात एम्फान लगायतका प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोग पु-याउन यस वर्षको सुरुमा घोषणा गरिएको १८ लाख युरोसहित ईयूले दक्षिण एसियाली राष्ट्रका प्रकोप पीडितलाई कुल ३४ लाख ५० हजार युरो उपलब्ध गराएको छ ।

विज्ञप्तिमा दक्षिण एसियामा यस वर्ष बाढीले करिब एक करोड ७५ लाख व्यक्तिलाई घरविहीन बनाएको छ भने उनीहरूले ठूलो मात्रामा चौपाया तथा खेतीजन्य भूमिको विनाश गरेको छ । बाढी तथा आँधीका कारण सडक, अस्पताल र विद्यालयलगायत महत्वपूर्ण पूर्वाधारहरूमा पनि व्यापक क्षति पुगेको छ ।

‘दक्षिण एसियामा मनसुनको वर्षा यस वर्ष विशेष गरी विनाशकारी भएको छ र यो अत्यावश्यक योगदानले हाम्रा साझेदार मुलुकमा आश्रय, सम्पत्ति र जीविकाको स्रोत गुमाएकाहरूलाई महत्वपूर्ण मानवीय सहयोग पु-याउने विश्वास ईयूले लिएको छ’, एसिया तथा प्रशान्त क्षेत्रका लागि ईयू पर्यवेक्षक ताहिनी थम्मनगोदाले भने ।

‘सबैभन्दा बढी प्रभावित देशहरूमा ध्यान केन्द्रित गर्दै, हामी मानिसहरूलाई यस कठिन समयबाट बाँच्नका लागि साधनहरू प्रदान गर्दै छौं ताकि उनीहरू सकेसम्म चाँडो आत्मनिर्भर बन्न सकून्’, ताहिनी थम्मनगोदाले भने । कुल रकममध्ये १० लाख यूरो बंगलादेशमा अत्यावश्यक मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न समर्पित हुनेछ, जहाँ २० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोग, पानी, सरसफाइ, र आपत्कालीन आश्रय चाहिएको छ । भारतमा खाद्यान्न तथा अन्य मानवीय सहायताका लागि अर्को पाँच लाख प्रयोग गरिनेछ ।

प्राकृतिक प्रकोपबाट प्रभावित नेपाललाई खानेपानी तथा सरसफाइ, आश्रयस्थल र अत्यावश्यक आधारभूत वस्तुहरूको आवश्यकताको समाधान गर्न प्रयोग गर्न १५ लाख युरो प्रदान गरिने पनि उनले बताए । युरोपले प्राकृतिक प्रकोपबाट एक लाखभन्दा बढी प्रभावित हुने मुलुकमा मानवीय सहयोगका उक्त शीर्षकअन्तर्गत सहयोग गर्ने गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x