Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजुलाईमा चीनको सवारीसाधन बिक्री उच्च

जुलाईमा चीनको सवारीसाधन बिक्री उच्च


बेइजिड., साउन २९
चीनको सवारीसाधन बिक्री जुलाईमा १६.४ प्रतिशतले बढेको छ । सवारीसाधन बिक्री बढेको यो लगातार चौथो महिना हो । कोरोनाका कारण जारी गरेको लकडाउन खुकुलो हुँदै गएपछि बजारहरु खुल्न थालेका छन् । सोही कारण सवारीसाधन बिक्री लगातार बढिरहेको छ । जुलाईमा मात्रै बिक्री बढेर २१ लाख १० हजार पुगेको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम)ले जनाएको छ ।

एसोसिएसनले यो वर्ष १० प्रतिशत मात्रै बिक्री दर रहने अनुमान गरेको छ । चीन सवारीसाधन बिक्रीको ठूलो बजार हो । चिनियाँ बजारलाई लक्षित गर्दै विश्वका सवारीसाधन निर्माताले विद्युतीय सवारीसाधनमा ठूलो लगानी गरेका छन् । तर विद्युतीय सवारीसाधन बिक्री लगातार १२औँ महिनासम्मको घट्दो बिक्री अन्त्य हुँदै १९.३ प्रतिशतले बढेको छ । यो महिना ९८ हजार युनिट यस्ता सवारीसाधन बिक्री भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x