Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतको सरकारी ऋण २० खर्ब पाउन्ड पुग्यो

बेलायतको सरकारी ऋण २० खर्ब पाउन्ड पुग्यो


लन्डन, भदौ ७
बेलायतको सरकारी ऋणले २० खर्ब पाउन्ड स्टर्लिङ नाघेको छ । यो अहिलेसम्मकै उच्च भएको बीबीसीले जनाएको छ । कोरोनाभाइरसले पिरोलेको बेला बेलायतको ऋणले कीर्तिमान कायम गरेको हो ।

सरकारले अर्थतन्त्र जोगाउन धेरै खर्च गरेपछि ऋण उच्च भएको बताइएको छ । यो ऋण बेलायतले प्रतिवर्ष गर्ने कुल उत्पादनसँगको बराबरी हो । जुलाईमा बेलायतको कुल ऋण २० खर्ब ४ अर्ब पाउन्ड स्टर्लिङ पुगेको छ जुन अघिल्लो वर्षभन्दा २ सय २७ अर्ब पाउन्ड स्टर्लिङ बढी हो । बेलायतको अफिस फर नेशनल स्टाटिस्टिक्स (ओएनएस)ले सार्वजनिक गरेको पछिल्लो डाटाले बेलायती सरकारी ऋणले कीर्तिमान कायम गरेको देखाएको हो ।

अर्थशास्त्रीहरुले अवस्था झन् खराब हुँदै गइरहेको चेतावनी दिएका छन् । त्यस्तै कुल गार्हस्थ्य उत्पादनको शतप्रतिशत माथि ऋण पुगेको पहिलोपटक हो । जुन सन् १९६०/०६१ पछिकै धेरै हो । जुलाईमा सरकारको सापटी रकम तथ्यांक अर्थात् खर्च र आयबीचको भिन्नता जुनमा पुनरवलोकन गरिएको २९ अर्ब ५० करोड पाउन्ड स्टर्लिङभन्दा कम भएको बताइएको छ ।

बेलायती वरिष्ठ अर्थशास्त्री रथ ग्रेगरीका अनुसार जुलाईको सापटीपछि मात्रै १ सय ५० अर्ब पाउन्ड ऋण थपिएको छ । जुन रकम सन् २००९/०१० को कुल घाटासँग बराबरजस्तै छ ।

विश्लेषकहरुका अनुसार यो आश्चर्यजनक भने होइन । किनभने सरकारले अहिले अर्थतन्त्रलाई महामारीबाट जोगाउन हरतरहको प्रयास गरिरहेको छ । तर ब्याजदर निकै कम भएको र सरकारले यसअघि खर्च पनि कम गरिरहेको थियो । जुनको तथ्यांक पनि पुनरवलोकन गरेर ६ अर्ब पाउन्डले घटाइएको थियो । तर कतिपय विश्लेषकले भने अझै ऋण बढ्ने अनुमान गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x