Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ३० लाख बढी संक्रमित

भारतमा ३० लाख बढी संक्रमित


नयाँ दिल्ली, भदौ ८
कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार जति पछि भयो, संक्रमितको संख्या पनि त्यति नै बढी भइरहेको देखिएको छ । भारतमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या आइतबारसम्ममा ३० लाख नाघिसकेको छ । तीमध्ये ७४ दशमलव ९० प्रतिशतलाई निको भइसकेको छ । बाँकी केहीको मृत्यु भएको छ भने केहीको अहिले पनि उपचार भइरहेको छ । उनीहरू अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २२ लाख ८० हजार पाँच सय ६६ जना संक्रमणमुक्त भइसकेका हुन् । पछिल्लो एकैदिनमा भारतमा ६९ हजार २३७ जना संक्रमित भएका छन् भने नौ सय १२ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको कुल संख्या ५६ हजार ७ सय ६ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट संक्रमित भएकामध्ये १ दशमलव ८६ प्रतिशतको मृत्यु भएको देखिएको छ । भारतमा अहिले पनि सात लाख सात हजार ६ सय ६८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x