Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण


बेइजिड., भदौ ८
चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो । गाओफेन–९ ०५ नामक उक्त उपग्रह ‘लङमार्च टुडी रकेट’ को माध्यमबाट प्रक्षेपण गरिएको हो । उक्त बहुउपयोगी उपग्रहसँगै टिन्टुओ–५ नामको अर्को उपग्रह पनि प्रक्षेपण गरिएको चिनियाँ अधिकारीले बताएका छन् । आइतबारको उक्त प्रक्षेपण लङमार्च रकेट शृंखलाको ३४३औँ प्रक्षेपण भएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x