Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी प्रतिबन्धविरुद्ध अदालत जाने टिकटकको निर्णय

अमेरिकी प्रतिबन्धविरुद्ध अदालत जाने टिकटकको निर्णय


अमेरिका, भदौ ८
छोटो भिडियो सेयरिङ एप टिकटकले अमेरिकी सरकारविरुद्ध कानुनी लडाइँ लड्ने भएको छ । एजेन्सीहरूका अनुसार आफ्नो मातृकम्पनी बाइटीडान्सलाई अमेरिकामा रहेको व्यवसाय बेच्न दबाब दिने ट्रम्प प्रशासनको निर्णयविरुद्ध टिकटक अदालत जानलागेको हो ।

कम्पनीले शनिबार कानुनी लडाइँ लड्ने बताएको हो । अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ९० दिनभित्र अमेरिकामा रहेको टिकटक व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न भनेका थिए । टिकटकका प्रवक्ता जोस गार्टनरले प्रविधिसम्बन्धी अनलाइन द भर्जलाई आफू अदालत जाने बताएका हुन् ।

आफूहरूले १ वर्षसम्म रचनात्मक समाधानको अपेक्षा गरे पनि अमेरिकी सरकारले दबाब दिएको उनको भनाइ छ । ट्रम्प प्रशासनले अनावश्यक दबाब दिएकाले त्यसविरुद्ध कानुनी लडाइँ लड्ने टिकटकले बताएको हो । यसअघि नै टिकटकले अदालतमा मुद्दा दायर गर्ने समाचारहरू आए पनि शनिबार स्वयं कम्पनीले जानकारी दिएको हो ।

अमेरिकाले टिकटकले अमेरिकी नागरिकको व्यक्तिगत विवरण आफ्नो मातृकम्पनी बाइटीडान्स हुँदै चीन सरकारसम्म पु-याउने र त्यो अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । साथै ९० दिनभित्र अमेरिकी कम्पनीलाई बिक्री गर्न भनिएको थियो। राष्ट्रपतिको कार्यकारी आदेशपछि माइक्रोसफ्टले टिकटक किन्न धेरै जोडबल गरिरहेकोमा पछिल्लो समय ट्वीटरले पनि इच्छा देखाइरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x