Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपञ्जा निर्माता मलेसियाली कम्पनीको सामान जफत गरिने

पञ्जा निर्माता मलेसियाली कम्पनीको सामान जफत गरिने


अमेरिका  ।
अमेरिकी भन्सार तथा सीमा रक्षा (सीबीपी)ले मलेसियाको टप ग्लोभका उत्पादन जफत गर्ने आदेश दिएको छ । प्रयोग गरेपछि फ्याँक्ने पञ्जा उत्पादन गर्दै आएको कम्पनीले श्रमिकलाई काममा बाध्य बनाएको भन्दै उत्पादन जफत गर्ने आदेश दिएको बीबीसीले जनाएको छ ।

सीबीपीले जबर्जस्ती काम गर्न बाध्य पारेको यथेष्ट प्रमाण आफूसँग भएको पनि दाबी गरेको छ । टप ग्लोभ विश्वचर्चित कम्पनी हो । यसले लेटेक ग्लोभ (पञ्जा) उत्पादन गर्छ । संसारका एक सय ९५ देशमा कम्पनीनिर्मित पञ्जा निर्यात समेत हुने गरेको छ । मजदुर अभ्यास सुधार्न थप काम गरिरहेको भन्दै कम्पनीले आफ्नो बचाउ गरेको छ । तर यता सीबीपीले भने विदेशी कम्पनीले कामदारमाथि गर्ने अत्याचार असह्य हुने बताउँदै अनैतिक रुपमा उत्पादित वस्तु अमेरिकी उपभोक्तालाई नबेच्ने बताएको छ ।

गत जुलाईमा अमेरिकालो टप ग्लोभकै दुईवटा सहायक कम्पनीका उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो । तर अहिले भने मलेसियाली कारखानामा बनेका सबै टप ग्लोभका उत्पादनमाथि प्रतिबन्ध लागेको छ । जुलाईमा सीपीडीले टप ग्लोभले ऋणको बदला श्रम गराएको, धेरै समय लादेको, सुविधा नदिएको र कामदारमाथि शोषण गरेको आरोप लगाएको थियो । यद्यपि एचआर एसियाले भने टप ग्लोभलाई सन् २०२० का लागि एसियाकै उत्कृष्ट कम्पनी भन्दै सम्मान गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया