Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना कालमा भारतको सुन आयात २२.५८ प्रतिशतले वृद्धि

कोरोना कालमा भारतको सुन आयात २२.५८ प्रतिशतले वृद्धि


नयाँ दिल्ली ।
गत वर्ष २०२०/०२१ मा भारतको सुन आयात २२.५८ प्रतिशतले बढेर ३४ अर्ब ६० करोड डलर पुगेको छ । सुन आयातले चालू खाता घाटालाई प्रभावित पार्छ । भारतको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसाार घरेलु माग बढ्दा सुनको आयात वृद्धि भएको हो । तर चाँदीको आयात भने ७१ प्रतिशतले घटेर ७९ करोड १० लाख अमेरिकी डलर पुगेको छ ।

गत वर्ष भारतले २८ अर्ब २३ करोड डलरको सुन आयात गरेको थियो । सुन आयात बढे पनि गत वर्ष भारतको व्यापारघाटा घटेर ९८ अर्ब ५६ करोड डलर रहेको थियो । सन् २०१९/०२० मा व्यापारघाटा एक खर्ब ६१ अर्ब ३० करोड डलर थियो ।

भारतको रत्न तथा आभूषण निर्यात संवर्द्धन परिषद्का प्रमुख कोलिन शाहले घरेलु माग बढ्दा सुन आयात बढेको बताएका छन् । अक्षय तृतीय र विवाहको समयमा अझै सुन आयात बढ्ने अनुमान रहेको उनको भनाइ उद्धृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।

भारत विश्वकै धेरै सुन आयात गर्ने देश हो । आभूषण उद्योगहरुको माग पूरा गर्न सुन आयात हुने गरेको छ । गत वर्ष गरगहना निर्यात २७ दशमलव पाँच प्रतिशतले घटेर २६ अर्ब डलर पुगेको थियो । परिमाणको हिसाबले भारतले सुन प्रतिवर्ष आठ सयदेखि नौ सय टनसम्म आयात गर्ने गरेको छ । भारतीय सरकारले बजेटमा नै सुनको आयात शुल्क साढे १२ प्रतिशतले घटाएर १० प्रतिशतमा झारेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया