Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक


वासिङटन् ।
अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडेनले पुनः सुरु गरेका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका आलोचकहरूले उनको विरोध गरेका थिए ।

राष्ट्रपति बाइडेनले गत वर्षको डेढ लाख अमेरिकी डलर आयकर तिर्दै करसम्बन्धी परम्परालाई ब्युताएका हुन् । गत वर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले छ लाख सात हजार तीन सय ३६ डलर आय गरेको र यसबापत उनीहरूले एक लाख ५७ हजार चार सय १४ डलर कर तिरेको जनाइएको छ ।

बाइडेनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ । सन् २०१९ मा भने उनीहरुको आय नौ लाख ८५ हजार दुई सय २३ रहेको पनि विवरणमा उल्लेख छ ।

त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र उहाँका पति डग एमहोफको पनि आफ्नो आयकर चुक्ता गर्नुभएको छ । सन् २०२० मा १६ लाख ९५ हजार दुई सय २५ डलर आय भएको र त्यसबापत छ लाख २१ हजार आठ सय ९३ डलर कर तिरेको विवरणमा जनाइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया