Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखर्च कटौती बढाउँदै अस्ट्रेलियाली ध्वजावाहक

खर्च कटौती बढाउँदै अस्ट्रेलियाली ध्वजावाहक


क्यानबेरा ।
अस्ट्रेलियाली ध्वजावाहक क्वान्टास एयरलाइन्सले खर्च कटौतीलाई तीव्रता दिएको छ । कोरोना महामारीको प्रभाव बढेसँगै कम्पनी खर्च कटौती बढाउने अवस्थामा पुगेको हो ।

कम्पनीले करअघिको वार्षिक घाटा नै डेढ अर्ब अमेरिकी डलर पुगेको प्रतिवेदन सार्वजनिक गर्नुअघि खर्च कटौतीलाई तीव्रता दिएको बताइएको छ । क्वान्टासले आफ्नो अन्तर्राष्ट्रिय डिभिजनले हप्तामा २३ लाख अमेरिकी डलर नोक्सानी व्यहोर्नुपरेको बताएको छ । गत महिना उसले ३९ लाख डलर नोक्सानी व्यहोरेको थियो ।

पछिल्लो खर्च कटौतीको योजनाअनुसार दुई वर्षको तलब फ्रिज गर्नेदेखि ट्राभल एजेन्टहरु घटाउनेसम्मका छन् । बुधबारमात्रै यसको प्रतिस्पर्धी कम्पनी सिंगापुर एयरलाइन्सको मातृकम्पनीले तीन अर्ब २० करोड अमेरिकी डलरको वार्षिक घाटा भएको विवरण सार्वजनिक गरेको छ ।

एक वक्तव्यमा मंगलबार क्वान्टासले घरेलु उडान सामान्य भएपछि पुनः कम्पनीको लागि राम्रो समय आउने आशा गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया