कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग
नयाँ दिल्ली ।
कोरोनाभाइरसको महामारीविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् । महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन् । ती सहयोग सामग्रीहरु भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौको मृत्यु हुने गरेको छ भने लाखौँ संक्रमित हुने गरेका छन् ।
भारतमा बिहीबार मात्रै दुई लाख ७६ हजार एक सय १० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई करोड ५७ लाख ७२ हजार चार सय ४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सहयोग गर्ने देशहरुमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया