Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाद्वारा मे अन्त्यसम्म अन्तर्राष्ट्रिय यात्रीहरूका लागि सीमा बन्द

श्रीलंकाद्वारा मे अन्त्यसम्म अन्तर्राष्ट्रिय यात्रीहरूका लागि सीमा बन्द


कोलम्बो ।
श्रीलंकाले १० दिनका लागि विदेशी यात्रुहरूको प्रवेशमा रोक लगाएको छ । मुलुकले कोभिड–१९ को संक्रमण वृद्धिलाई रोन्ने वा नियन्त्रण गर्ने प्रयासस्वरूप विदेशी यात्रुलाई प्रवेश गर्नमा रोक लगाएको यहाँको नागरिक उड्डयन प्राधिकरणले बिहीबार जानकारी गराएको छ ।

प्राधिकरणका विज्ञीप्तमा भनिएको छ, ‘कोभिड–१९देशको स्थिति नियन्त्रण गर्न एक श्रीलंकाका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूले २१ मे को ११ः५९ मिनेटपछि ३१ मे सम्म कुनै पनि विदेशी यात्रुलाई ओसारपसार गर्न दिने छैनन् ।’

यद्यपि यदि कुनै मुलुकको विमान श्रीलंकाको एयरपोर्टबाट अवतरणको १२ भित्र उडान गर्ने गरी प्रयोग गर्न चाहेमा यात्रुहरूको ट्रान्जिटका लागि भने उक्त देशका विमानस्थल खुला रहनेछन् । यसबाहेक श्रीलंकाबाट अन्तर्राष्ट्रिय उडानहरू भर्न तथा कार्गो र मानवीय सहयोगका लागि आउने विमानहरूको आगमनलाई पनि अनुमति दिइएको छ ।

श्रीलंका कोभिड–१९ महामारीको तेस्रो लहरको सामना गरिरहेको छ । यहाँ हालसम्म एक लाख ५१ हजार व्यक्ति संक्रमित भएका छन् जसमध्ये एक हजार ५१ जनाको मृत्यु भइसकेको छ । बुधवार श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा बढी तीन हजार छ सय २३ व्यक्तिमा संक्रमण पुष्टि भएपछि सरकारले यो कदम चालेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया