Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनेपालसहित ६० देशका लागि खुल्यो थाइल्यान्ड

नेपालसहित ६० देशका लागि खुल्यो थाइल्यान्ड


बैंकक । कोरोनाको खोप पूर्णमात्रा लगाइसकेका नेपालसहित ६० देशका पर्यटकका लागि थाइल्यान्ड खुल्ला भएको छ । सोमबारदेखि कोरोनाबाट कम जोखिम भएका देशका नागरिकलाई देश आउन दिने निर्णय थाइल्यान्ड सरकारले गरेको हो ।

विगत १८ महिनादेखि कोरोनाको कारण बाह्य आवतजावत बन्द गरिएको थियो । यी देशका नागरिकलाई दुवै मात्रा खोप भने अनिवार्य लगाएको हुनुपर्नेछ । उनीहरुलाई होटल क्वारेन्टाइन पनि बस्नु नपर्ने बताइएको छ । योसँगै आगामी वर्ष थाइल्यान्डमा डेढ करोड पर्यटक पुग्ने अनुमाान गरिएको छ । यो संख्यामा पर्यटक पुग्दा देशले ३० अर्ब अमेरिकी डलरभन्दा धेरै रकम आम्दानी गर्नेछ ।

यद्यपि देशका धेरै ठाउँमा कोभिडविरुद्धका प्रतिबन्धहरु कायमै छन् । थाइल्यान्डले ४२ प्रतिशत नागरिकलाई पूर्णरुपमा खोप लगाइसकेको छ । अहिले पनि देशमा दैनिक १० हजार कोभिड संक्रमणको तथ्यांक छ । कोरोना भाइरसकै कारण थाइल्यान्डको अर्थतन्त्रमा ठूलो नोक्सानी पुगेको छ । महामारी नभएको भए वर्षमा चार करोड पर्यटक पुग्ने थियो । गत वर्ष पर्यटक आगमन ८० प्रतिशतभन्दा धेरैले घटेको थियो ।

देशका बैंकक र फुकेत विमानस्थल बेलायत, चीन, जापान, अमेरिका र धेरैजसो युरोपेली देशका लागि खुल्ला भएका छन् । थाइसरकारले सन् २०२३ सम्ममा महामारीअघिको अवस्थामा राजस्व संकलन हुने अपेक्षा गरेको छ । तर चीनसँगको सीमा नखुलेका कारण पर्यटन क्षेत्रलाई अझै अप्ठ्यारो रहेको बताइएको छ । महामारीअघि ठूलो संख्यामा चिनियाँ पर्यटक भित्रिने गरेका थिए । सन् २०१९ मा चीनबाट मात्रै एक करोड २० लाख पर्यटक भित्रिएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x