Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसले विरलै पाइने ग्यासको आपूर्ति रोकेपछि चिप निर्मातालाई तनाव

रुसले विरलै पाइने ग्यासको आपूर्ति रोकेपछि चिप निर्मातालाई तनाव


लण्डन । कोरोना महामारीले हैरानी खेपेका चिप निर्मातालाई रुसले गरेको युक्रेनमा आक्रमणले थप सास्ती दिएको छ । सेमिकन्डक्टर चिपमा प्रयोग हुने ग्यासहरुको आपूर्तिमा रुसले कडाइ गरेपछि चिप निर्माताहरु अप्ठ्यारोमा परेका हुन् ।

मस्कोले इनर्ट, नोबल नामका ग्यासहरु नियन, आर्गन र हेलियमको निर्यातमा कडाइ गरेको बताइएको छ । मेको अन्त्यतिर यी ग्यास आपूर्ति निर्यातमा कडाइ गरेको रुसी समाचार संस्था तासले जनाएको छ । यी तीनवटै ग्यास विद्युतीय चिप निर्माणमा प्रयोग हुन्छ । यी चिपहरु फेरि स्मार्टफोनदेखि लुगा धुने मेसिनसम्म र कारहरुसम्ममा प्रयोग हुन्छ । यिनको आपूर्ति धेरै महिनायता कम हुँदै गएको छ ।

आफूमाथि आर्थिक प्रतिबन्धको ओइरो लागेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यी वस्तुको आपूर्तिमा कडाइ गरेका छन् । आक्रमणअघि रुस र युक्रेनले मात्र नियन ग्यासको आपूर्तिमा ३० प्रतिशत हिस्सा ओगट्थे । तर दुवै युद्धमा होमिएको अवस्था अहिले रहेको छ । रुसको कडाइपछि चिप निर्मातालाई निकै अप्ठ्यारो भएको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x