Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानको उत्तरी प्रान्तमा हिमपहिरो

अफगानिस्तानको उत्तरी प्रान्तमा हिमपहिरो

चार जनाको मृत्यु, ३० घर ध्वस्त


काबुल । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तका दुईवटा गाउँमा गएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु हुनाका साथै ३० घरहरू ध्वस्त भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

प्रान्तको कोफाब जिल्लामा बुधबार गएको हिमपहिरोमा परी विपन्न परिवारलाई सहयोग गर्न प्रदेश सरकारले मानवीय सहायता स्वरुप नगद र राहत सामग्री पठाएको प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिला विभागका प्रादेशिक सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन् ।

भारी हिमपात, चिसो मौसम र हिमपहिरोका कारण गत महिना अफगानिस्तानमा बालबालिकासहित करिब २०० जनाको मृत्यु भएको थियो । बदख्सान प्रान्तमा मात्र ३० भन्दा बढीको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया