Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपर्यटक सुरक्षाका लागि मोबाइल एप

पर्यटक सुरक्षाका लागि मोबाइल एप


कोलम्बो । श्रीलङ्काले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटन मन्त्रीले जानकारी दिएका छन् ।

श्रीलङ्काका पर्यटन मन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । उनले सो मोबाइल एपमा सात भाषाको प्रयोग गरिने भएको र त्यसलाई सबै नागरिकले पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको पनि जानकारी दिएका छन् ।

पछिल्लो समयमा श्रीलङ्कामा पर्यटकमाथि पनि आक्रमण हुनेगरेको भन्ने सूचनाका कारण उनीहरुको सुरक्षाकै लागि यो एप बनाइएको पनि जानकारी दिएको समाचारमा जनाइएको छ । पर्यटकले कुनै घटना अर्थात् आफू असुरक्षित रहेका विषयमा जानकारी गराउनासाथ यहाँका अधिकारीले सो एप हेर्नसक्ने गरी निर्माण गरिएको बताइएको छ । सो सूचना प्रहरी तथा पर्यटन क्षेत्रका अधिकारी सबैमा जाने र यसै सूचनाका आधारमा ती पर्यटकको उद्धार गर्न सकिने गरी एप निर्माण गरिएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया