Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने


टोक्यो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट चार सयवटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएका छन् । ‘हाम्रो देशको योजना चार सय युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो’, किशिदाले तल्लो सदनको बजेट समितिलाई भने ।

यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुट्याएको बताएका थिए । चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्तिसम्पन्न उत्तर कोरियाको अप्रत्याशित क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता नाटकीय रूपमा विस्तार गर्न चाहन्छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशंकाबीच जापानको यो निर्णय सार्वजनिक भएको हो । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ । तर गत वर्ष प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिहरू अद्यावधिक गर्दै चीनले खडा गरेको चुनौतीलाई देखाउँदै जापानले सन् २०२७ सम्ममा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटोको मापदण्डमा रक्षा खर्च दोब्बर बनाउने लक्ष्य राखेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया