Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेरि विश्वकै धनी व्यक्तिमा फर्किए इलोन मस्क

फेरि विश्वकै धनी व्यक्तिमा फर्किए इलोन मस्क


अमेरिका । इलोन मस्क फेरि विश्वकै धनी व्यक्तिमा फर्किएका छन् । ब्लुमबर्गका अनुसार टेस्लाका प्रमुख कार्यकारी मस्कले फ्रेन्च विलासी सामान एलभीएमएच ब्रान्डका प्रमुख कार्यकारी बर्नार्ड आर्नोलाई उछिनेका हुन् ।

यो सूचीमा यसअघि पनि मस्क नै १ नम्बरमा रहे पनि दुई महिना लामो समय उनी दोस्रो स्थानमा झरेका थिए । सोमबार भने टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो । सोमबार मस्कको सम्पत्ति १८७ अर्ब डलर रहेको थियो । आर्नोको भने १८५ अर्ब डलर रहेको ब्लुमबर्गले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया