वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने
देहरादुन । आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ । उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि छ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ । सरकारी अधिकारीहरूले हिँडेर वा हेलिकप्टरबाट पनि केदारनाथ मन्दिरको यात्रा गर्न सकिने बताएका छन् ।
परिषद्का अनुसार केदाननाथ यात्राका लागि दुई लाख ४१ हजार र बद्रीनाथका निम्ति दुई लाख एक हजार, यमनोत्री जान ९५ हजार एक सय सात जना र गङ्गोत्रीको यात्राका निम्ति ९६ हजार चार सय ४९ जनाले आवश्यक प्रक्रिया पूरा गरेका छन् । उत्तरखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले तीर्थयात्रीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै विभिन्न स्थानमा स्वास्थ्यकर्मीको टोली खटाइने बताउनुभएको छ । यात्रा मार्गका ठाउँठाउँमा भक्तहरूको स्वास्थ्य परीक्षण गरिने उनले बताएका छन् ।
यसैबीच, रुद्रप्रयाग जिल्ला प्रशासनले चारधाम यात्रामा आउने श्रद्धालुको सुविधाका निम्ति विभिन्न शिविर स्थापनालगायत आवश्यक तयारी गरिरहेको छ । उत्तराखण्डको चारधाम यात्रा भारतको सबैभन्दा लोकप्रिय हिन्दू तीर्थस्थल मानिन्छ । रासस/ एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया