आगामी जेठ २ गतेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाइ उडान बन्द
काठमाडौं,बैशाख १४
सरकारले आउँदो जेठ २ गतेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाइ उडान पूर्णतः बन्द गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले आन्तरिक तथा बाह्य हवाइ उडानलाई आगामी जेठ २ गते (मे १५)सम्म स्थगित राख्ने निर्णय गरेको छ ।
कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले यही वैशाख १८ गते (अप्रिल ३०) सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडाउन स्थगित गर्ने निर्णय यसअघि नै गरेको थियो । अहिले नेपालबाट हुने सबै विदेशी उडान र स्वदेशका विभिन्न गन्तव्यमा हुने उडान स्थगित छ । यद्यपि चार्टर उडान भने जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बैठकले उक्त निर्णय गरेको सचिव नारायणप्रसाद बिडारीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । कोभिड–१९ को जोखिमका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)का समयमा हालसम्म भएगरेका कामको समीक्षा गर्दै बैठकले लकडाउन सही ‘ट्र्याक’मा रहेको निष्कर्ष निकालेको छ ।
समितिले लकडाउनका लागि चालिएका कदम ठीक दिशातर्फ उन्मुख रहेको निचोड निकाल्दै लकडाउन कसरी अघि बढ्छ भन्नेबारे सरकारबाट छिट्टै निर्णय आउनेछ । छिमेकी मुलुकमा भइरहेको सङ्क्रमणको अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिलाई विचार गरेर मात्र लकडाउनसम्बन्धी चालिने कदमबारे निर्णयमा पुग्न उचित हुने समितिको ठहर छ । कोभिड–१९ को जोखिमपछि सरकारले घोषणा गरेको लकडाउन भएको शनिबार एक महिना दुई दिन भएको छ ।
बैठकमा हालसम्मका लकडाउनकोे प्रभावकारिता, कार्यान्वयन र सफलताका विभिन्न पाटा पक्षबाट समीक्षा गर्दै यस कार्यमा महत्वपूर्ण योगदान पु¥याउने चिकित्सक, नर्स, सुरक्षाकर्मीलगायत सबै सरोकारवाला निकाय र अधिकारीलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया