Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारजनकपुरमा व्यापार ठप्पहुँदा सयभन्दा बढी पसल बन्द

जनकपुरमा व्यापार ठप्पहुँदा सयभन्दा बढी पसल बन्द


जनकपुरधाम । जनकपुरमा ४५ वर्षदेखि कपडा व्यापार गर्दै आएका रामबाबु गुप्ताले पहिले पाँच–सात जनालाई रोजगारी दिएका थिए । केही वर्षयता व्यापार खस्किँदो अवस्थामा रहेकाले आधा कर्मचारी कटौती गरेर व्यापार चलिरहेको गुप्ताले बताए । पहिलेको जस्तो व्यापार नहुने, सजिलै ऋण नपाइनेलगायत कारणले व्यापारीहरु मर्कामा परेको उनले बताए ।

जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु. १०÷१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुर बताउँछन्

“उत्पादनमूलक उद्योग छैनन् । घरजग्गामा लगानी गर्ने परिपाटी निरन्तर बढ्दो छ । यसले दीर्घकालमा अर्थतन्त्र धराशयी हुने देखिन्छ”, सङ्घका उपाध्यक्ष साहले भने, “राज्यले अनुत्पादक क्षेत्रमा लगानी गर्ने कर्जा नीतिलाई निरुत्साहित गर्दै उत्पादनमूलक उद्योगमा सहुलियतमा कर्जाको व्यवस्था गर्नुपर्छ ।”

मधेस प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ ।

मधेस जनविद्रोह, भूकम्प, स्थानीय सरकार आएपछि बाटो विस्तारका क्रममा भएका अवरोध, कोरोना महामारीपछिको लकडाउनले पारेको नकारात्मक प्रभावलगायत कारणले यहाँको व्यवसाय थिलथिलो भएको व्यवसायी जीवनाथ चौधरीले बताए । एकपछि अर्को समस्या थपिएपछि व्यवसायीले टाउको उठाउनै नसक्ने गरी समस्यामा परेका उनले गुनासो गरे ।

“मधेस आन्दोलन, भूकम्पको प्रभाव त छँदैथियो । विसं २०७४/७५ मा जनकपुरमा सडक विस्तारका साथै ढल निर्माणका बेला करिब छ/सात महिना व्यापार ठप्प भयो”, उनले भने, “लगत्तै कोरोना महामारीका समयमा भएको बन्दाबन्दीले व्यवसायलाई थप सङ्कटग्रस्त बनायो ।” पटकपटक व्यापार बन्द हुने, घरभाडा र बैंकको ब्याज निरन्तर बढ्ने भएकाले यस्तो अवस्था आएको उनको भनाइ थियो ।

समस्याबाटै सुधारको सुरुआत हुने हुँदा भएकाले राज्यले औद्योगिक क्रान्तिको जग बसाल्ने, आन्तरिक उत्पादन र उपभोक्ताको आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्नेमा व्यापारीले जोड दिएका छन् ।

यहाँका व्यापारीको मनोबल उचो बनाउन र तत्काल समस्या समाधानका लागि रणनीतिक पहलकदमी लिनुपर्नेमा उनले जोड दिए । अहिलेकै अवस्थामा यहाँका व्यापारी व्यापार/व्यवसाय छोडेर पलायन हुनुपर्ने भन्दै समस्या समाधानका लागि राज्यका साथै सरोकारवाला निकायले रणनीतिक पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ थियो ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार

तपाईको प्रतिक्रिया