कर्णाली प्रदेश सरकारले पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने
भेरीगङ्गा (सुर्खेत) । प्रदेशका विभिन्न ठाउँमा कर्णाली प्रदेश सरकारले पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ । सङ्घीय सरकारसँगको सहकार्यमा नमुना बस्ती निर्माण गरिने जनाइएको छ । आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो ।
डोल्पाको शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन बस्ती रिङ्मोलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीका रूपमा रूपान्तरण गर्ने योजना सङ्घीय सरकारसँगको संयुक्त लगानीमा अगाडि सारिएको छ । नेपालको अद्वितीय प्राकृतिक तथा धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रिङ्मो बस्ती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि रु. १० करोड बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासका लागि यस वर्ष रु. दश अर्ब एघार करोड ४२ लाख विनियोजन गरेको जनाएको छ । हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारका रुपमा थप विकास गर्नेगरी सङ्घ तथा प्रदेश सरकारको सह–लगानीमा कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ ।
नेपालको एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हुम्लाको खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार)मा पनि नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमका सञ्चालन गरिने छ र त्यसका लागि रु. १८ करोड बजेट विनियोजन गरिएको छ ।
यसैबीच प्रदेश सरकारले सङ्घीय सरकारको सहकार्यमा दलित, विपन्न र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको आवास निर्माणमा सहयोग गर्न सञ्चालित जनता आवास कार्यक्रमलाई अझै प्रभावकारी बनाउने गरी काम थालनी हुने दाबी गरेको छ ।
प्रदेश सरकारका मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले एकीकृत तथा आधुनिक भवन निर्माण गर्ने सरकारको लक्ष्य छ । प्रदेशभित्र सुरक्षित, व्यवस्थित र वातावरणमैत्री एवम् अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि भवनसँग सम्बन्धित कानुन, संहिता तथा मापदण्ड तर्जुमा कार्य सुरु गरिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया